चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियानको तालिका सार्वजनिक गरेको छ । सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत ५५ वर्ष भन्दा माथि उमेरकालाई फागुन २३ गतेदेखि सुरु गर्ने भएपछि गाउँपालिकाले तालिका सार्वजनिक गरेको हो ।
 स्वास्थ्य शाखा प्रमुख तेज घिसिङका अनुसार फागुन २३ गतेदेखि २८ गतेसम्ममा खोप अभियान सञ्चालन हुने छ । आफ्नो पायक पर्ने खोप केन्द्रमा गई खोप लिनुहुन प्रमुख घिसिङले अपिल समेत गरेका छन् ।
फागुन २३ गते वडा नं. २ को नाग्रे गगर्चे स्वास्थ्य चौकी र वडा नं. ८ को बिर्तादेउराली स्वास्थ्य चौकी तोकिएको छ ।
त्यसैगरि फागुन २४ गते वडा नं. ३ मा रहेको माझीफेदा स्वास्थ्य चौकी र वडा नं. ७ मा रहेको मादनकुँडारी स्वास्थ्य चौकीमा तोकिएको छ ।
फागुन २५ गते वडा नं. १ को सानो वाङथली स्वास्थ्य चौकी र वडा नं. ९ को गोठपानी स्वास्थ्य चौकी तोकिएको छ ।
 फागुन २६ गते वडा नं. ५ को पोखरीचौरी स्वास्थ्य चौकी र वडा नं. ६ का कात्तिके देउराली स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको छ ।
फागुन २८ गते वडा नं. ५ को धुसेनी शिवालय प्राथमिक अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
घिसिङले खोप लगाउन छुटेकाहरू फाल्गुण २८ गते धुसेनी शिवालय प्राथमिक अस्पतालमा आउन समेत उनले अनुरोध गरे ।  खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाउन बताइएको छ ।
खोप लिन आउँदा नागरिकता, मतदाता परिचय वा नाम र उमेर खुल्ने कुनै १ कागजात अनिवार्य लिएर आउनुपर्ने स्वास्थ्य शाखा प्रमुख घिसिङले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।