रोशी । कोभिड–१९, रोग विरुद्धको खोप अभियानको निम्ति पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम सहित खोप केन्द्र र तालिका सार्वजनिक गरेको छ ।
कार्यक्रमले रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा भएको उक्त कार्यक्रममा यही फागुन २३ गते देखि २९ गतेसम्म खोप अभियान कार्यक्रम सञ्चालन हुने भएको छ । यस अघि ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने भनिएता पनि बुधवार स्वास्थ्य मन्त्रालयले ६५ वर्ष भन्दा माथिको नागरिकहरूलाई खोप लगाउने भनिएको छ ।
गाउँपालिका अध्यक्ष डिबी लामाले ढुक्कका साथ कोभिड विरुद्धको खोप लगाउनको गाउँवासीलाई विशेष अनुरोध गरेका छन् । अभिमुखीकरण कार्यक्रममा कोभिड–१९ रोगको परिचय, अवस्था र यसको रोकथाम तथा नियन्त्रण, खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया, सञ्चालन हुने क्रियाकलापहरू,खोप समन्वय समितिको भूमिका, स्थानीय श्रोत परिचालन र जिम्मेवारीबारे छलफल भएको स्वास्थ्य शाखाका प्रमुख गङ्गालाल श्रेष्ठले बताए ।
 हरेक खोप केन्द्रमा बिहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन हुने जानकारी पनि स्वास्थ्य शाखा प्रमुख गङ्गालाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौँला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।
यस्तो छ खोप केन्द्र तालिका
१) २०७७ फाल्गुण २३ रोशी अस्थायी अस्पताल, वडा नं. १, २ र ३
२) २०७७ फाल्गुण २४ महादेवटार स्वास्थ्य चौकी, वडा नं. ४
३) २०७७फाल्गुण २५ शिशाखानी स्वास्थ्य चौकी, वडा नं. ५
४) २०७७फाल्गुण २६ सिपाली स्वास्थ्य चौकी, वडा नं. ६
५) २०७७फाल्गुण २७ कटुञ्जेवेशी स्वास्थ्य चौकी, वडा नं. ७ र ८
६) २०७७फाल्गुण २८ मंगलटार स्वास्थ्य चौकी, वडा नं. ९ र १०
७) २०७७फाल्गुण २९ भिमखोरी स्वास्थ्य चौकी वडा नंं ११ र १२
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला