तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले ६५ वर्ष भन्दा माथि उमेरका गाउँवासीलाई कोभिड–१९ रोग विरुद्धको खोप लगाउन अपिल गरेको छ । सरकारको ६५ वर्ष उमेर माथिका नागरिकलाई फागुन २३ गतेदेखि खोप लगाउने योजना अनुसार तेमाल गाउँपालिकाले खोप केन्द्र र खोप लगाउने तालिका बिहीबार (आज) सार्वजनिक गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोप भएकोले ढुक्कसँग खोप लगाउन गाउँपालिका अध्यक्ष सलामसिं तामाङले गाउँवासीलाई अनुरोध गरेका छन् । यस अघि ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई खोप लगाउने सरकारले घोषणा गरे पनि पछिल्लो दिन ६५ वर्ष भन्दा माथिका उमेर समूहलाई खोप लगाउने निर्देशन दिइसकेको छ ।
आफूलाई पायक पर्ने खोप केन्द्रमा खोप लगाउन आम नागरिकलाई अध्यक्ष तामाङले अनुरोध गरेका छन् । खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाउने उनले जानकारी दिए । आगामी फागुन २३ गतेबाट सुरु भई चैत्र २ गते भित्रमा खोप लगाउने कार्य सम्पन्न गराउने गाउँपालिकाको योजना छ । खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाण पत्र लिएर आउनुपर्ने बताए ।
यस्तो छ खोप केन्द्र र समय तालिका
फागुन २३ गते मेच्छे स्वास्थ्य चौकी, तेमाल– ८, सल्लेरी नर्सरी
फागुन २४ गते सामुदायिक स्वास्थ्य इकाई, तेमाल–९, मैनाजाङ
फागुन २५ गते ठुलो पर्सेल स्वास्थ्य चौकी, तेमाल–६, ठुलो पर्सेल
फागुन २६ गते बोल्देफेदिचे स्वास्थ्य चौकी, तेमाल–४, बोल्देफेदिचे
फागुन २७ गते सरमथली स्वास्थ्य चौकी, तेमाल–३, सरमथली
फागुन २८ गते सर्वोद्वार मा.वि., तेमाल–२, चुखा
फागुन २९ गते सामुदायिक स्वास्थ्य इकाई, तेमाल–१, सर्स्युंखर्क
चैत्र १ गते हिमचुली प्रा.वि., तेमाल–५,गिम्दीपाखा
चैत्र २ गते चापाखोरी स्वास्थ्य चौकी, तेमाल–७, चापाखोरी

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















