काठमाडाैँ । सरकार र विप्लव समूहबिच भएको ३ बुँदे सहमतिको तेस्रो बुँदा अनुसार सरकारले नेकपा विप्लव समूहका १ स ७० जना बन्दी रिहा गर्ने भएको छ । त्यसको लागि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।
मन्त्रालयको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेको हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धर्मेन्द्र बास्तोलालाई शुक्रवार रिहा गर्ने तयारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको छ । गृह मन्त्रलालका प्रवक्ता चक्र बहादुर बुढालेका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई भोलिसम्म छाड्न सर्कुलर जारी गरिएको छ ।
यसअघि आजैको मन्त्रिपरिषद् बैठकले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय पनि गरेको थियो ।
Comments