धुलिखेल । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला रिहा भएका छन् । आज बिहान १० बजे जिल्ला प्रहरी कार्यालय, काभ्रेबाट बास्तोला रिहा भएका हुने ।
सरकार र उक्त समूहबिच वार्ता पछि भएको तीन बुँदे सहमति अनुसार बास्तोलालाई रिहा भएको हो । बास्तोलालाई लिन सो समूहका काभ्रे जिल्लाका नेता कार्यकर्ता प्रहरी कार्यालयमा पुगेका थिए ।

रिहा हुने क्रममा विप्लव समूहका कार्यकर्ताहरूले प्रहरी कार्यालय परिसरमै नारा लगाएका थिए । ‘एकीकृत जनक्रान्ति– जिन्दाबाद’, नेकपा– जिन्दाबाद, वीर सहिद लाल सलाम’ जस्ता नारा लगाएका थिए ।
रिहा हुने क्रममा नेता बास्तोलाले संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरूले पहिलादेखि नै देशको समस्या राजनीतिक डङ्गबाटै समाधान गर्न चाहेको बताए । आफूहरू एकीकृत जनक्रान्तिको कार्यदिशा अनुसार नै वार्तामा गएको बताए ।

‘हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको प्रक्रियाभित्र सङ्घर्ष गरिरहेका छौँ । सुरुदेखि नै देशको समस्यालाई राजनीतिक डङ्गबाटै हल गर्ने प्रयत्न गरिरहेका छौँ ।’ बास्तोलाले भने, ‘हामी पार्टीको कार्यदिशा अनुसार नै वार्तामा जान लागेका हौँ । सरकारले पनि राजनीतिक तरिकाले समस्या समाधान गरौँ भनेको छ । त्यहीँ अनुसार हामी देशको समस्या समाधान गर्ने छौँ ।’
वास्तोलालाई ललितपुर जिल्लाको दक्षिण इलाकाबाट करिब डेढ महिना अघि पक्राउ गरेको थियो । सर्वोच्च अदालयले रिह गर्ने आदेश दिने वित्तिकै पुनः पक्राउ गरेका उनलाई आज रिहा गरेको हो ।
भिडियो हेर्नुहोस्:
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















