काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत पक्षमा १ सय १५ जना सांसद खुलेका छन् । आज बसेको संसदीय दलको बैठकमा उनीहरू खुलेका छन् ।
बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्याे। प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि दाहाललाई दलको नेता चयन गरिएको हो ।
नेकपा बहुमत पक्षले बोलाएको संसदीय दलको बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी १०५ सांसद उपस्थित थिए । उक्त समूहमा खुलेका तर, उपस्थित हुन नसकेका ६ गरी १११ सांसदको समर्थन प्रचण्डलाई छ ।
नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् । प्रतिनिधि सभामा नेकपाका एक सय ७४ जना सांसद छन् । तीमध्ये सानु शिवाको केही समयअघि मृत्यु भइसकेको छ भने अग्नि सापकोटा सभामुख छन् ।
मतदान गर्न मिल्ने एक सय ७२ सांसदमा लालबाबु पण्डित र तुलसा थापा कतै खुलेका छैनन्। जम्मा १७० मध्ये ८७ प्रतिनिधि सभा सदस्य बहुमत पक्षमा छन् ।
राष्ट्रिय सभामा नेकपाका ५० जना सांसद छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले मतदान गर्न पाउँदैनन् । बाँकी ४९ जनामध्ये बहुमत पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ नै देखिएका छन् । वामदेव गौतम कतै खुलेका छैनन् ।
यी हुन् प्रचण्डलाई संसदीय दलको नेता बनाउने सांसदहरू
१ पुष्पकमल दाहाल (प्रचण्ड)
२ माधवकुमार नेपाल
३ झालनाथ खनाल
४ गोकर्ण विष्ट
५ देवप्रसाद गुरुङ
६ देवेन्द्र पौडेल
७ सुरेन्द्र कुमार कार्की
८ गिरिराजमणि पोखरेल
९ चाँद तारा कुमारी
१० सिता पोखरेल
११ सुरेश चन्द्र दाश
१२ बोधमाया यादव
१३ मातृकाप्रसाद यादव
१४ वर्षमान पुन
१५ घनश्याम भुसाल
१६ रामेश्वर राय यादव
१७ शक्ति बहादुर बस्नेत
१८ धर्मशिला चापागाईँ
१९ इन्दुकुमारी शर्मा
२० हरिबोल गजुरेल
२१ हितबहादुर तामाङ
२२ पम्फा भुसाल
२३ शशी श्रेष्ठ
२४ श्यामकुमार श्रेष्ठ
२५ सुदन किराँती
२६ अञ्जना बिशंखे
२७ गङ्गाबहादुर तामाङ
२८ यशोदा सुवेदी गुरुङ
२९ हरिराज अधिकारी
३० अमृता थापा
३१ चूडामणि खड्का
३२ दुर्गाकुमारी विश्वकर्मा
३३ कमला रोक्का
३४ टेकबहादुर बस्नेत
३५ सत्या पहाडी
३६ बिना मगर
३७ राजबहादुर बुढा क्षेत्री
३८ पार्वती कुमारी बिशंखे
३९ दुर्गाबहादुर रावत
४० ध्रुव कुमार शाही
४१ जनार्दन शर्मा
४२ जयपुरी घती
४३ रेखा शर्मा
४४ पूर्णकुमारी सुवेदी
४५ ओनसरी घती
४६ सन्तकुमार थारु
४७ महेश्वर गहतराज
४८ गजेन्द्र बहादुर महत
४९ चक्रपाणि खनाल
५१ गणेशकुमार पहाडी
५२ अमनलाल मोदी
५३ पुष्पकुमारी कर्ण
५४ कृष्णलाल महर्जन
५५ नारायणप्रसाद खतिवडा
५६ कृष्णभक्त पोखरेल
९७ मायादेवी न्यौपाने
५८ विरोध खतिवडा
५९ रामकुमारी झाँक्री
६० कल्याणी कुमारी खड्का
६१ यज्ञराज सुनुवार
६२ समिना हुसेन
६३ जयकुमार राई
६४ सुरेन्द्र पाण्डे
६५ हिराचन्द्र केसी
६६ लक्ष्मीकुमारी चौधरी
६७ भवानीप्रसाद खापुङ
६८ झपट रावल
६९ निरदेवी जैरु
७० दीपकप्रकाश भट्ट
७१ कलिला खातुन
७२ सोमप्रसाद पाण्डेय
७३ बिनादेवी बुढाथोकी
७४ भीम रावल
७५ मुकुन्द न्यौपाने
७६ पवित्रा निरौला
७७ गङ्गा चौधरी सतगैया
७८ शिवकुमार मण्डल
७९ हेमकुमार राई
८० रामकुमारी चौधरी
८१ सुरेशकुमार राई
८२ दिलकुमारी
अनुपस्थित
१ कृष्णबहादुर महरा
२ योगेश भट्टराई
३ गोपाल बम
४ मेटमणि चौधरी
५ सरला यादव
राष्ट्रिय सभा
१ नारायणकाजी श्रेष्ठ
२ वेदुराम भुसाल
३ दिननाथ शर्मा
४ पशुराम मेघी गुरुङ
५ गङ्गाकुमारी बेलबासे
६ गोपीबहादुर अछामी
७ जगप्रसाद शर्मा
८ तारामान स्वार
९ खिम कुमार बिक
१० जीवन कुमार बुढा
११ ठगेन्द्र प्रसाद पुरी
१२ नन्दा शर्मा चपाई
१३ महेश कुमार महरा
१४ राधेश्याम पासवान
१५ शेरबहादुर कुँवर
१६ हरिराम चौधरी
१७ उदया शर्मा पौडेल
१८ रामनारायण बिडारी
१९ शान्तिकुमारी अधिकारी जिसी
२० शारदादेवी भट्ट
२१ सिंहबहादुर विश्वकर्मा
२२ शशिकला दाहाल
२३ माया प्रसाद शर्मा
अनुपस्थित
१ बिना पोखरेल
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।