काठमाडौं । नेकपाको केपी शर्मा ओली पक्षीय संसदीय दलको बैठक शनिबार बालुवाटारमा बस्यो । बैठकमा ११५ सांसद उपस्थित भएको दाबी गरिएपनि सांसदहरूको सूची भने सार्वजनिक गरिएन ।
ओली पक्षीय सांसद खिमलाल भट्टराईले राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना गरी कुल १ सय १५ जना सांसद उपस्थित भएको दाबी गरे । शुक्रबार प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठक बसेको थियो । बैठकमा उपस्थित र उपत्यका बाहिरका रहेर उपस्थित हुन नसकेका गरी १ सय ११ जना सांसद आफ्ना पक्षमा रहेको प्रचण्ड–माधव पक्षले दाबी गरेको थियो ।
प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमध्ये १७२ जनाले मात्र मतदान गर्न पाउँछन् । यस्तै, राष्ट्रिय सभामा नेकपामा ५० सांसदमध्ये ४९ जनाले मतदान गर्न पाउँछन् ।
प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभाका २४ सांसद आफूसँग रहेको दाबी गरेको छ भने ओली पक्षले प्रतिनिधि सभाका ९१ र राष्ट्रिय सभाका २४ जना सांसद आफूसँग रहेको दाबी गरेको छ ।
यी हुन् ओलीले आफ्नो पक्षमा रहेको भनि दावी गरेका सांसदहरु
१ केपी शर्मा ओली
२ विष्णु पौडेल
३ सुवासचन्द्र नेम्वाङ
४ ईश्वर पोखरेल
५ नवराज सिलवाल
६ गोकुल बास्कोटा
७ कृष्णप्रसाद दाहाल
८ पोल्देन छोपाङ गुरुङ
९ नारायणप्रसाद मरासिनी
१० पद्माकुमारी अर्याल
११ तिलकबहादुर महत
१२ प्रेमप्रसाद तुलाचन
१३ खगराज अधिकारी
१४ विद्या भट्टराई
१५ जगतबहादुर सुनार
१६ केदार सिग्देल
१७ वसन्तकुमार नेम्वाङ
१८ लालप्रसाद सावा –एलपी)
१९ राजेन्द्र गौतम २० राजेन्द्र राई
२१ घनश्याम खतिवडा
२२ आशा कुमारी विक
२३ जुलीकुमारी महतो
२४ रेखा कुमारी
२५ गौरी शंकर चौधरी
२६ शेरबहादुर तामाङ
२७ प्रेमबहादुर आले
२८ नारदमुनी राना
२९ गणेशसिंह ठगुन्ना
३० दामोदर भण्डारी
३१ नरबहादुर धामी
३२ यज्ञ बोगटी
३३ रामवीर मानन्धर
३४ धनबहादुर बुढा
३५ भानुभक्त ढकाल
३६ विशाल भट्टराई
३७ लिलानाथ श्रेष्ठ
३८ रघुविर महासेठ
३९ पार्वत गुरुङ
४० भूमिप्रसाद त्रिपाठी
४१ टोपबहादुर रायमाझी
४२ लेखराज भट्ट
४३ प्रभु साह
४४ खेमप्रसाद लोहनी
४५ कृष्णबहादुर राई
४६ कृष्णकुमार श्रेष्ठ (किसान)
४७ कृष्णगोपाल श्रेष्ठ
४८ महेश बस्नेत
४९ छविलाल विश्वकर्मा
५० दलबहादुर राना
५१ वृजेशकुमार गुप्ता
५२ नन्दलाल रोका क्षेत्री
५३ हृदयश त्रिपाठी
५४ रवीन्द्रराज शर्मा
५५ नवराज राउत
५६ लालबहादुर थापा
५७ भैरबहादुर सिंह
५८ विजय सुब्बा
५९ मोहन बानियाँ
६० मोतिलाल दुगड
६१ थममाया थापा
६२ शिवमाया तुम्बाहाङफे
६३ सुजिता शाक्य
६४ नविना लामा
६५ शान्तिमाया पाख्रिन
६६ राधाकुमारी ज्ञवाली
६७ कुमारी मेचे
६८ बिन्दा पाण्डे
६९ भूपेन्द्र बहादुर थापा
७० पदम गिरी
७१ प्रदिप ज्ञवाली
७२ सूर्यप्रसाद पाठक
७३ गोमा देवकोटा
७४ निरुदेवी पाल
७५ मनकुमारी जिसी
७६ विष्णु शर्मा
७७ सरिता न्यौपाने
७८ मैनाकुमारी भण्डारी
७९ तिर्था गौतम
८० शान्ता चौधरी
८१ विमला विश्वकर्मा
८२ सरिता कुमारी गिरी
८३ बिना श्रेष्ठ
राष्ट्रिय सभा
१ सुमित्रा विक
२ भगवती न्यौपाने
३ दिलकुमारी रावल थापा
४ चन्द्र बहादुर थापा
५ कविता बोगटी
६ इन्दु कडरिया
७ इन्दिरा देवी गौतम
८ अगम प्रसाद वान्तवा राई
९ रामचन्द्र राई
१० रामलखन चमार
११ नैनकला ओझा
१२ नरपति लुवार
१३ दिपा गुरुङ
१४ तुलसा कुमारी दाहाल
१५ गोपाल भट्टराई
१६ चक्रप्रसाद स्नेही
१७ सुमन राज प्याकुरेल
१८ विमला घिमिरे
१९ भैरव सुन्दर श्रेष्ठ
२० देवेन्द्र दाहाल
२१ खिमलाल भट्टराई
२२ रामबहादुर थापा
२३ कोमल वली
२४ विमला राई पौड्याल
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।