तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिमा कोभिड –१९ विरुद्ध खोप अभियान वडा नं ८ बाट सुरु भएको छ । अभियान अन्तर्गत १ सय १९ जनाले खोप लगाएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले दिएको जानकारी अनुसार मेच्छे स्वास्थ्य चौकीमा सञ्चालित खोप अभियानमा वडा भित्रका ६५ वर्ष माथिका सो सङ्ख्यामा ज्येष्ठ नागरिकले खोप लगाएका हुन् ।
खोप कार्यक्रमको तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले उद्घाटन गरेका थिए । सरकारले दोस्रो चरणको कोरोना विरुद्धको खोप कार्यक्रम आइतबार बाट देशैभर सुरु गरेको छ ।
सरकारले दोस्रो चरणको खोप अभियानमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेको छ । कार्यक्रममा वडा नं ८ का अध्यक्ष लक्ष्मी बहादुर घिसिङ, स्वास्थ्य चौकीका इन्चार्ज सुजन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सोमबार वडा नं. ९ मा यो अभियानले निरन्तरता पाउने स्वास्थ्य विभाग प्रमुख पाठकले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















