बनेपा । काभ्रे उद्योग वाणिज्य सङ्घको ४१ औँ चुनावी साधारण सभाबाट राजेन्द्र पसछेँ अध्यक्षमा निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट पसछें लगायतको टोली विजयी भएका हुन् । उनको विजयीसँगै बनेपा बाहिरको अध्यक्ष भएको यो पहिलो पटक हो ।
पनौती नगरपालिकाका पसछेँ २२ वर्षदेखि सो संघको कुनै न कुनै पदमा रहेर काभ्रेका उद्योगी व्यापारीको हक हितका लागि क्रियाशील हुँदै आएका थिए ।
निर्वाचित भएका पसछेंले ५४० मत प्राप्त गरेका थिए भने वसन्त नारायण भोछिभोयाले ४३९ मत ल्याएका थिए । भोछिभोयालाई एक सय एक मतान्तरले विजयी गरेका थिए ।
त्यस्तै सङ्घको वरिष्ठ उपाध्यक्ष प्रताप वैद्य निर्विरोध निर्वाचित भएका छन् ।
यसै गरी उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेकोमा ग्रोवेन तौजले र कैलाश पलान्चोके विजयी भएका छन् भने स्वयम्भुरा शाक्य पराजय भए । यस्तै महासचिव पदको उम्मेदवारमा रवीन्द्र बैदार विजयी भएका छन् भने उनका निकट्त्तम प्रतिद्वन्द्वी विकाश शर्मा तिमल्सिना पराजय भएका छन् । कोषाध्यक्षमा रञ्जित पलान्चोके, यस्तै सहसचिव पदमा हरि प्रसाद कर्माचार्य, सह–कोषाध्यक्ष पदमा सुविन्द्र राजभण्डारी, सह–मुख्य संयोजक पदमा रुसन श्रेष्ठ विजयी भएका छन् ।
यस्तै १० सदस्य पदका लागि १२ जनाको उम्मेदवारी परेकोमा मानकाजी प्रधान, राम कुमार श्रेष्ठ (बि), अमरनाथ बादे श्रेष्ठ, भीम प्रसाद आचार्य, राम कुमार श्रेष्ठ (ए), उमेश रत्न शाक्य , दमन कुमार श्रेष्ठ, रवि तौजले, राेहित कमार श्रेष्ठ, श्याम कुमार भालु मुनाल विजयी भएका छन् ।
यसैबिच राजेश कुमार श्रेष्ठ मुख्य संयोजक, यश कुमार रञ्जित सचिव, इन्द्र लक्ष्मी श्रेष्ठ सदस्य, कुमुदा वैद्य महिला सदस्य, विकास कुमार श्रेष्ठ दाप्चा क्षेत्रगत, सुरेन्द्र सुद्धीकार बनेपा २ क्षेत्रगत, सुमन चौ प्रधान बनेपा १ क्षेत्रगत, साजन शाक्य एशोसिएट पदमा लगायत ९ जना निर्विरोध निर्वाचित भएका थिए ।
शनिवार भएको निर्वाचनमा ११९५ मतदाता रहेका थिए भने ९९८ मत खसेकोमा १८ मत बदर भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















