तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमका साथ मनाएको छ । सोमबार (आज) गाउँपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष दुर्गामाया तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष तामाङले महिलाहरुले स्वतन्त्र पाएको दिनको रूपमा दिवस मनाएको बताउँदै महिलामा माथि हुने घरेलु हिंसाको अन्त्य अझै पनि नभएको प्रति चिन्ता व्यक्त गरे । उनले गाउँपालिका महिला माथि सार्वजनिक स्थलमा हुने हिंसा, बालविवाह साथै महिलाको हक हित संरक्षण गर्न सदैव लागिरहेको बताए ।
अन्तर्क्रियामा उठेका विषयको गाउँपालिकाले न्यूनीकरणको निमित्त पहलकदमी गर्ने उपाध्यक्ष तामाङले बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँईकेल, वडा नं ६ का अध्यक्ष बिकुलाल तामाङ, कार्यपालिका महिला सदस्यहरू, गाउँपालिकाका कर्मचारी, महिला स्वयंसेविका, शिक्षक शिक्षिकाहरुको सहभागिता रहेका थिए ।
प्रत्येक वर्ष गाउँपालिकाले नारी दिवस मनाउँदै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















