धुलिखेल । ‘नयाँ युवा, नयाँ सोच सेवा समाज’ काभ्रेले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । धुलिखेल नगरपालिका वडा नं. ११, पात्लेखेतमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ महिला दिवस मङ्गलवार मनाएको हो ।
सो अवसरमा अवसरमा र्याली सहित महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम तथा महिला विशेष सो कार्यक्रममा कालिका मावि र हनुमान माविका विद्यार्थीहरू सहभागी थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष सुजन खत्रीको अध्यक्षतामा प्रमुख अतिथि धुलिखेल नगरपालिका वडा ११ को वडा अध्यक्ष विष्णु धिताल रहेका थिए भने कालिका मावि र हनुमान मावि को शिक्षकहरूको समेत सहभागिता रहेका थिए ।
कार्यक्रममा महिला हिंसा विरुद्ध सचेतना जगाउनुको साथै महिलाहरूको महिनावारीकोबारेमा समेत सचेतना जगाउने काम भएको छ । कार्यक्रमका लागि काभ्रे मा.बि. बनेपाले सहयोग गरेको थियो भने कालिका माविले व्यवस्थापन गरेको थियो ।
दुई विद्यालयमा अध्ययनरत ७ देखि कक्षा १० सम्मको महिला विद्यार्थीहरूलाई महिला हिंसा, महिलाको महिनावारीको बेलामा सरसफाइ, खानपान, हुनसक्ने समस्या, गर्नुहुने र गर्न नहुने क्रियाकलापका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष धितालले महिनावारीसँग सम्बन्धित विभिन्न तथ्य, यसका सकारात्मक तथा नकारात्मक पक्षको बारेमा चर्चा गरेका थिए । धितालले युवा बालबालिकाको क्षेत्रमा सदैव कार्यक्रम गरिरहेको र भोलिका दिनहरूमा पनि कार्यक्रम गरिरहने प्रतिबद्धता जाहेर गरेका थिए ।
क्लबका सचिव पवन गौतमले सञ्चालक गरेको कार्यक्रममा क्लबकै सदस्य द्वय गीता सुनुवार र प्रजिता ढुङ्गानाले सहजीकरण गरेका थिए। कार्यक्रममा स्वयंसेवकको भूमिकामा क्लबका सदस्यहरू रोजिना श्रेष्ठ, विष्णुहरि पौडेल, सबिना रिमाल र रोहण बजगाईँ रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















