काभ्रे । नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन समारोहमा अरनिको टेलिभिजनका पत्रकार मायालु लामालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्मान गर्नुभएको छ ।
शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन समारोहमा नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघको साहसिक तवरले समाचार संकलन गरी आम नागरिकलाइ सुसुचित गराउन सहयोग गरेको भन्दै महासंघले अरनिको टेलिभिजनमा कार्यरत संचारकर्मी मायालु लामालाई सम्मान गरेको हो । सम्मान पत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले पत्रकारले पु(याएको योगदानको प्रसंशा गर्नुभएको थियो।
कार्यक्रममा नेपाल समाचारपत्रका पत्रकार यदु भट्ट,नागरिक दैनिकका सम्पादक गुणराज लुईटेल,तारकेश्वर नगरपालिकाका प्रमुख तथा महासंघका पूर्व महासचिव रामेश्वर बोहरा, महासंघको बागमती प्रदेश सदस्य सुनिल थापा, रामबहादुर गौतम, लक्ष्मण साउद, बालकृष्ण कोईराला, बसन्त प्रसाद भूसाल, अशोक कुमार खनाल, बिनोद विश्वकर्मा, हर्कबहादुर श्रेष्ठ, इन्द्रबहादुर बाँनिया, गंगा बराल लगायतलाई महासंघलाई आ आफ्नो क्षेत्रबाट सहयोग पुर्याएको भन्दै सम्मान गरेको थियो ।
त्यस्तै, महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले ५२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, प्रथम उपाध्यक्षमा पूर्णचन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा वसन्त भुसाल, तृतीय उपाध्यक्षमा धर्म बस्याल, महासचिवमा सुरेश खत्री, उपमहासचिवमा फणिन्द्र भट्ट, सचिवद्वयमा महेश पौडेल र यादबलाल श्रेष्ठ, कोषाध्यक्षमा सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन् ।
त्यसैगरी महाधिवेशनबाट प्रदेश १ मा धर्म श्रेष्ठ, प्रदेश २ मा दुर्गानन्द शाह, बागमती प्रदेशमा उत्तमराज विष्ट, गण्डकी प्रदेशमा निश्चल पोखरेल, लुम्बिनी प्रदेशमा चक्रपाणि शर्मा र कर्णाली प्रदेशमा मदनबहादुर खड्का संयोजक चयन भएका छन् । सुदूर पश्चिम संयोजक पछि मनोनित हुने बताइएको छ ।नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघको स्थापना २०६६ सालमा भएको थियो । व्यवसायी ताराबहादुर कुँवरको नेतृत्वमा २०६६ सालमा संघ हुँदै २०७३ सालमा महासंघ स्थापना भएको थियो ।

Comments

comments