बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ का स्वर्गीय रामचन्द्र कायस्थको स्वर्गारोहण भएको १३ वर्ष पूरा भएको पुन्यतिथिमा विद्यार्थीलाई कपडा वितरण गरेको छ । स्वर्गीय कायस्थकी छोरी अनिला कायस्थले पनौती नगरपालिका वडा नं. ५ मा रहेको श्री धनेश्वर महादेव आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कपडा वितरण गरेकी हुन् ।

कायस्थले सो विद्यालयको कक्षा १ देखि ५ सम्मका ८५ जना विद्यार्थीहरुलाई कपडा वितरण गरेकी थिइन । कपडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनेरुद्र थापालाई एकमुष्टमा हस्तान्तरण गरेकी थिइन् ।
सो क्रममा प्ले ग्रुपका २२ जना, नर्सरीका १७ जना, केजीका ११ जना, कक्षा १ का ९ जना, कक्षा २ का ७ जना, कक्षा ३ का १० जना, कक्षा ४ का ६ जना र कक्षा ५ का ४ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेका थिए ।
वितरण कार्यक्रममा युवा नेता तथा समाजसेवी सवर प्रजापतिको समेत सहभागिता रहेको थियो ।

Comments

comments