अशोक बुद्ध लामा
भकुन्डे । काभ्रे जिल्लाको नमोबद्ध नगरपालिका वडा नं २ भकुण्डेबेँशीमा अवस्थित ग्रामीण पाठशाला एजुकेसन फाउन्डेसनले विभिन्न विद्यालयहरू समेटेर हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
नमोबद्ध नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजालको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा नमोबद्ध नगरपालिकाका आठ वटा विद्यलयहरुको सहभागी रहेको थियो ।
प्रतियोगितामा ग्रामीण पाठशालाले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने जनक उच्च मा.वि. र ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुल क्रमशः द्वितीय र तृतीय भएको थियो ।
प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई प्रमुख रिजालले प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रिजालले यसबाट विद्यार्थीहरूको चौतर्फी विकास हुने बताउँदै विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै बाहिरी हरेक क्षेत्रको ज्ञान प्रदान गराउनु पर्नेमा जोड दिए ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक विदुर शर्मा भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइ राजा श्रेष्ठ र विभिन्न विद्यालयका प्रतिनिधि शिक्षक शिक्षिकाहरूको उपस्थिति थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।