बनेपा । काभ्रेका प्रगतिशील कविहरूले रचना गरेको कविताहरूलाई समेटेर प्रकाशन गरेको पुस्तक सार्वजनिक भएको छ । प्रगतिशील लेखक सङ्घ जिल्ला समिति काभ्रेले गत शनिवार बनेपा नगरपालिकाको हलमा सार्वजनिक गरेको हो ।
प्रगतिशील लेखक सङ्घ काभ्रे जिल्लाकी अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा र केन्द्रीय अध्यक्ष प्रा. डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा जनमत साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवाल, प्रगतिशील लेखक सङ्घ पूर्व केन्द्रीय सदस्य रक्तिम लामा, गायक मच्छेस्वर सापकोटा, पनौती साहित्य समाजका अध्यक्ष राम सुन्दर देउजा, नवसाहित्य समाजका अध्यक्ष सीताराम आचार्य सागर, प्रालेस, काभ्रेका सल्लाहकार तुयुकाजी ताम्राकार, चण्डेश्वरी मा,वि,का प्रधानाध्यापक राजेन्द्र कुमार बज्राचार्य लगायतका अतिथि रहेका थिए ।
प्रकाशित पुस्तकको सावर्जनिकरण समारोहका प्रमुख अतिथि गिरीबाट गरिएको थियो । प्रकाशित पुस्तकको समीक्षा साहित्यकार दुवालाले गरेका थिए । प्रगतिशील लेखकको अबको बाटो शीर्षकमा प्रा. डा. गिरीले मन्तव्य मन्तव्य राखेका थिए ।
तुयुकाजी ताम्रकार, राम सुन्दर देउजा, सीताराम सागर, रक्तिम लामाले रचना सहित आफ्नो मन्तव्य राखेका थिए । ।नवराज उत्साही, अनामिका सजल, सुभद्रा दाहाल, ललिता अधिकारी, मिरा चापागाईँ, सुभद्रा अधिकारी, सुशीला बिस्ट, लक्ष्मी सुवेदीले रचना वाचन गरेका थिए ।
कार्यक्रममा लोक गायक सापकोटाले गीत प्रस्तुत प्रस्तुत गरेका थिए भने कार्यक्रममा काभ्रे जिल्लाका विभिन्न भेगका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाको सचिव ध्रुव रायमाझीले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















