काठमाडौं । आजदेखि शुरु हुन लागेको राष्ट्रिय कार्यकर्ता भेला असफल पार्न षडयन्त्र भएको नेकपा एमालेको माधव नेपाल पक्षले बताएको छ ।
आज र भोलि (चैत ४ र ५ गते) ललितपुरमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भएको भन्ने झुटो विज्ञप्तीको खेल रचिएको भन्दै नेपाल–खनाल पक्षले भ्रममा नपर्न आग्रह गरेको छ
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को लेटरप्याडमा ‘नेकपा एमाले प्रचार विभाग, योगेश भट्टराई’को नाममा विज्ञप्ति बनाएर भेला रोकिएको भन्ने ब्यहोरासहितको विज्ञप्ती प्रकाशित भएको थियो ।
यो ‘साइबार साँढेहरूको कर्तुत’ भएको नेपाल पक्षका एमाले पोलिटब्युरो सदस्य डा. विजय पौडेलले बताएका छन्।
‘छलछामको हद भयो। साइबर साँढेहरूको कर्तुत हो यो,’ डा. पौडेलको आग्रह छ, ‘कोही पनि भ्रममा नपरौं ४ र ५ गतेको भेला यथावत् छ।’
भेला स्थगित भएको भनी जारी गरेको नक्कली विज्ञप्ति
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।