तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ मा रहेको श्री सर्वोद्वार माविको १७ औँ अभिभावक सम्मेलन सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका बीच सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षता र बाग्मती प्रदेश सभा सदस्य सांसद रत्न ढकालको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले शैक्षिक लगायतका सबै क्षेत्रको विकासमा स्थानीय सरकार र प्रदेश सरकार बिचको सम्बन्ध सुमधुर हुनु पर्ने बताउँदै आवश्यक समन्वय नभएकै कारण धेरैजसो बजेट फ्रिज हुने गरेको बताए ।
कार्यक्रमका विशेष अतिथि रहेका गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले विद्यालय सञ्चालन गर्न सङ्कट देखिएमा आफूहरू सहयोग गर्न तयार रहेको बताइन् ।

विद्यालयलाई आर्थिक सहयोग
सो अवसरमा उर्मिला फाउन्डेसनका अध्यक्ष पासाङ डोल्मो तामाङले नगद १ लाख २० हजार रुपैयाँ रकम विद्यालयलाई सहयोग गरेकी थिइन् । लामाले फाउन्डेसन मार्फत सो विद्यालयलाई शैक्षिक क्षेत्रको विकासको लागि नियमित सहयोग गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले विद्यालय बाल मैत्रीसँगै महिला मैत्री पनि हुन आवश्यक रहेको बताउँदै भौतिक संरचना मात्रै राम्रो नभई शैक्षिक गुणस्तरलाई अब्बल बनाउनु महत्त्वपूर्ण रहेकोमा जोड दिइन् ।
विद्यार्थीलाई टिसर्ट वितरण
त्यसै गरी सोही अवसरमा लह्युल इन्टर प्रइजेजका प्रमुख शङ्कर मान तामाङले विद्यार्थीहरुलाई टिसर्ट वितरण गरेका थिए । तामाङले सबै विद्यार्थीहरूलाई सो टिसर्ट वितरण गरेका थिए ।

कार्यक्रमा वडा अध्यक्ष तिमाल सिं तामाङ, तेमाल गाउँपालिका शिक्षा शाखा प्रमुख केदार ढकाल, शिक्षक आसमान लामा, विद्यालयका प्रधानाध्यापक ज्ञान्जा लामा, पूर्व प्र अ धनवीर लामा र वीरनन्द लामाले मन्तव्य राखेका थिए ।
विद्यालयलाई सहयोग गर्ने चन्दादाता, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारी, पूर्व शिक्षक, प्र अ लगायतलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।