काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सबै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सबै निर्णय रद्द गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर् पुष्टि गरे पनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताए ।
त्यस्तै नवौँ महाधिवेशनले गठन गरेका पार्टी कमिटीको बदलामा बनाएका कमिटीहरू नस्विकार्ने भेलाको निष्कर्ष रहेको छ । त्यस्तै जबजको मर्म अनुसार देशभर पार्टीका सङ्गठनात्मक कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालिएको नेता भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
भेलाले अदालत र निर्वाचन आयोगलाई समेत संविधान र कानुन अनुसार चल्न आग्रह गरेको छ । राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाहरूसँग सहकार्य गर्दै अघि बढ्न भेलाले आग्रह गर्दै केपी ओलीले गुटबन्दीका विरुद्ध लड्न एमालेका नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरेको छ ।
त्यस्तै, ओली पक्षबाट पार्टीका नेता कार्यकर्तालाई धम्क्याउने प्रयास भएकोमा त्यसको भर्त्सना गर्दै नेकपाले स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । भेलामा ४ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भएको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिएका थिए ।
यस्ताे छ १७ बुँदे प्रस्ताव:
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।