हेटौँडा । बाग्मती प्रदेशका ९ वटा जिल्लाका पत्रकारहरूको लागि ५ दिने मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश, हेटौडाको आयोजना तथा सञ्चार रजिस्ट्रारको कार्यालय बाग्मती प्रदेशको समन्वयमा बिहीबार देखि मकवानपुर गढीमा सुरु भएको हो ।

तालिमको बाग्मती प्रदेशका मुख्य सचिव मान बहादुर बि.क. ले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बाग्मती प्रदेशका मुख्य सचिव वि.क.ले अनलाइन पत्रकारितामा रहेको विकृतिको बारेमा प्रकाश पार्दै सत्य, तथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई अनुरोध गरे ।
त्यस्तै सञ्चार रजिस्ट्रार रेवती सापकोटाले तालिम अवधिभर आफूले नजानेका कुराहरू निर्धक्क भएर प्रशिक्षकसँग सोध्न र तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्टको समेत सहभागिता रहेको थियो ।
अनलाइन पत्रकारितामा क्षमता अभिवृद्धि गराउने उद्देश्यले तालीमको आयोजना गरिएको आयोजकले बताइएको छ । तालीममा बाग्मती प्रदेशका ११ जिल्लाका २० जना पत्रकारको सहभागिता रहेको छ । तालिममा उमेश श्रेष्ठ र प्रवेश सुवेदी प्रशिक्षक रहेका छन् । तालिम चैत्र ९ गते सम्म सञ्चालन हुने छ ।
कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलको अध्यक्षतामा भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















