बनेपा । काभ्रे जिल्लाको बनेपा जुनियर जेसीजका निवर्तमान अध्यक्ष जेसी रसिक शाक्य नेपाल जेसीज वर्ष २०२१ को लागि राष्ट्रिय जुनियर जेसीज क्षेत्र ‘ग’ को संयोजकमा मनोनीत भएका छन् ।
बनेपा जुनियर जेसीज वर्ष २०२१ का अध्यक्ष निर्जन गौतमका अनुसार सन् २०१४ मा बनेपा जुनियर जेसीजको शाखा सदस्यको रूपबाट आफ्नो जेसीज यात्रा प्रारम्भ गरेका शाक्यले सन् २०१६ मा उपाध्यक्ष, २०१७ मा कार्यकारिणी उपाध्यक्ष, २०१८ र २०१९ मा महासचिव भएर २०२० मा अध्यक्षको रूपमा आफ्नो कार्यकाल भव्य र सभ्यताका साथ सम्पन्न गरेका थिए ।
शाक्य वर्ष २०१८ मा स्व.राम श्रेष्ठ उत्कृष्ट शाखा सदस्य पुरस्कारबाट सम्मानित भएका थियो ।
उनी नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालबाट नेपाल जेसीजको विधान परिच्छेद ८ को धारा ८।४ बमोजिम नेपाल जेसीज वर्ष २०२१ को राष्ट्रिय जुनियर जेसीज क्षेत्र ‘ग’ संयोजक पदमा मनोनीत भएका हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।