भक्तपुर । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, पालुघाटकी मिर्गौला पीडित रञ्जना तामाङलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । लामो समयदेखि दुवै मिर्गौला फेल भएकी तामाङलाई उपचार खर्चमा समस्या भएपछि सोही वडाका यूथ फोरम, पालुघाटले आर्थिक सहयोग गरेको हो ।
तेमाल गाउँपालिका वडा नं. ९ पालुघाट निवासी कान्छामान तामाङको छोरी रञ्जनाको उपचारको लागि फोरमले आर्थिक सहयोग सङ्कलन अभियान चलाइरहेको छ । सो संस्थाले शनिवार भक्तपुर स्थित पीडित रञ्जनाकै निवासमा पुगेर ५० हजार ७ सय ५ रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

आर्थिक सहयोग हस्तान्तरण गर्न वडा नं. ९ का वडा सदस्य कान्छा लामाको नेतृत्वमा संस्थाका पदाधिकारी पुगेका थिए ।
सो अवसरमा ललिता लामा र निरमाया लामाले सङ्कलन गरेको रकम १८ हजार ७ सय ५ रुपैयाँ, विष्णु बहादुर लामाबाट ३ हजार, पासाङ दोर्जे लामाबाट ४ हजार, राम लामा (पाथर)बाट ३ हजार, शिवराज लामाबाट ३ हजार, कान्छा लामाबाट ३ हजार, निमा छिरिङ लामाबाट ३ हजार, सिंग बहादुर लामाबाट ३ हजार, नवराज लामाबाट ३ हजार, मिम बहादुर लामाबाट ३ हजार, ललिता लामाबाट ३ हजार, लनम लामाबाट ३ हजार रकम सङ्कलन भएको थियो ।
यसैबिच दुवै मिर्गौला फेल भएकी रञ्जनालाई सहयोग सङ्कलन अभियानका अभियान्ताहरुले सहयोगको अपिल गरेको छ । देश विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरे उनको उपचार हुने भएकोले सहयोगको अपिल गरेको उनीहरूले बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।