धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेले पछिल्लो समय कोरोनाका बिरामीहरू बढ्न थालेको भन्दै थप सचेत रहन आग्रह गरेको छ । आज एक प्रेस विज्ञप्ति मार्फत कार्यालयले कोरोनाका बिरामी बढ्न थालेकोभन्दै धेरै भिडिबाँड नगर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको हो ।
प्रशासन कार्यालय काभ्रेले होलीमा भिडभाड नगर्नसमेत आम नागरिकहरूलाई आग्रह गरेको छ । कार्यालयले अबदेखि सार्वजनिक यातायातमा अनिवार्य मास्क प्रयोग गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ । मास्क प्रयोग नगरी यात्रा गरिएको पाइए सङ्क्रमण रोग ऐन अनुसार कारबाही गरिने पनि प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।