काठमाडौं । सत्तारुढ दल नेकपा एमाले धुम्बाराहीस्थित पार्टी कार्यालय छोडेर थापाथलीमा सर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार कार्यालय बस्ने भवनको अनुगमन समेत गरे । मारवाडी समूदायका व्यापारी सञ्जय अग्रवालको घर एमाले पार्टी कार्यालय राख्न ५ बर्षको लागि लिजमा लिइएको छ ।
पौने चार रोपनी क्षेत्रफलमा फैलिएको सो भवन पार्किङ स्थलकोसमेत राम्रो प्रवन्ध रहेको छ । पाँच वर्षको लागि उक्त स्थान भाडामा लिनेसम्बन्धी सम्झौता भएको एमालेका एक नेताले बताएका छन् ।
घर कस्को हो ?
उद्योगी तथा ब्यापारीहरु धमाधम एमाले प्रवेश गरिरहेको चर्चा चलिरहेका बेला त्यसरी प्रवेश गर्ने मध्यका एक थिए उद्योगपति राजेशकुमार अग्रवाल । अग्रवाल अर्घाखाँची सिमेन्ट र श्रीस्टीलका संचालक र महाप्रवन्धक हुन ।
उनै अग्रवाल र उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं अर्घाखाँची सिमेन्टका मालिक पशुपति मुरारका र उद्योग परिसंघका अध्यक्ष एवम् शिवम् सिमेन्टका मालिक सतिशकुमार मोरको योजनामा ब्यापारीलाई छलफल छ भनि डाकेर एमाले प्रवेशको घोषणा गरिएको थियो । त्यसैको पछिल्लो परिणाम अनुसार अग्रवाललाई बालुवाटारमा पार्टी प्रवेश गराइएको हो ।
पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टले नेपाल विद्युत प्राधिकरणले ७० करोड डेडिकेटेड बक्यौता तिर्न बाँकी छ । त्यस्तै मोरको शिवम् सिमेन्टले १ अर्ब ८० करोड तिर्न बाँकी छ । विद्युत महशुल विनियमावलीले थप २५ प्रतिशत थपेर असुल गर भनेको छ । प्राधिकरण संचालक समितिले डेडिकेटेड र ट्रंक बक्यौता असुल गर्न निर्णय गरिसकेको छ भने असार मसान्तसम्म नतिरे लाइन काट्ने सूचना जारी गर्ने तयारी गरिरहेको छ ।
सोही विषयलाई विषयान्तर गर्नका लागि बक्यौता रहेका व्यापारीले पार्टी प्रवेश र पार्टी कार्यालय उपहार दिएको हुन सक्ने बताइएको
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















