लुम्बिनी प्रदेश र प्रदेश २ मा धुलिखेल नगरपालिका न्यायिक समितिबाट भएका न्यायिक प्रक्रिया तथा अभिलेखीकरणको कामको चर्चा भएको छ ।
धुलिखेल नगरपालिका न्यायिक समितिबाट भएका न्यायिक प्रक्रिया तथा अभिलेखीकरणको कामको करिब १ महिना अघि सहज परियोजनाका कन्ट्री डिरेक्टरबाट अवलोकन गरेर लुम्बिनी प्रदेशका आठ वटा जिल्लाका २१ वटा पालिकाहरू र २ नं प्रदेशका ८ जिल्लाका १७ वटा पालिकाकामा चर्चा भएको हो ।
न्यायिक समितिसँग सम्बन्धित रहेर काम गर्दै गरेको सहज परियोजना अन्तर्गतका इन्टरनेशनल अलर्ट, भिएसओ र माहुरी होम (मधेस मानव अधिकार समाज) ले धुलिखेल नगरपालिकाले न्यायिक क्षेत्रमा गरेको उल्लेखनीय कामको अनुभव साटासाट गर्न र अभिलेखीकरणको ढाँचा लुम्बिनी प्रदेश र २ नं प्रदेशका पालिकाहरूमा पनि गराउनका लागि धुलिखेल नगरपालिका उप प्रमुख, न्यायिक समिति सदस्यहरू र उजुरी प्रशासकलाई बोलाएको थियो ।
दुई दिनसम्म दाङको भालुवाङमा चलेको अनुभव साटासाट र सिकाइ कार्यक्रम निकै प्रभावकारी रहेको र यस कार्यक्रमले धुलिखेल नगरपालिकाको न्यायिक समितिले गरेका राम्रा कामहरू र अभिलेखीकरण काम जस्तै अरू पालिकाहरूले पनि सहज हुने इन्टरनेशनल अलर्टका कार्यक्रम अधिकृत कविराम मगरले बताए ।
उक्त कार्यक्रममा सहजकर्ताको रूपमा आफ्नो नगरपालिकाले गरेका कामहरू अन्य पालिकाहरूसँग साट्न पाउँदा आफूहरूलाई अत्यन्तै खुसीको महसुस भएको धुलिखेल नगरपालिकाका न्यायिक समितिका सदस्य गणेश आचार्य र उजुरी प्रशासक सरोज थापा बताए ।
२ नं प्रदेशका ८ जिल्लाहरूमा धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मा र न्यायिक समितिका सदस्य मोहन लामिछानेले बिहीबार र शुक्रवार उक्त कार्यक्रमको सहजीकरण गर्नेछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















