हेटौँडा । घटनास्थलमा खटिने बागमती प्रदेशका प्रहरीको पोसाक अब एकै प्रकारको हुने भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मिरा चौधरीका अनुसार हाल सादा पोसाकमा रहेर अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न हुने प्रहरी कर्मचारीहरूलाई निश्चित त पोसाक र पहिचान सहित खटाउने अवधारणा अनुसार प्रदेश प्रहरी कार्यालयले यो निर्णय गरेको हो ।
घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरूले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने व्यवस्था मिलाइएको प्रवक्ता चौधरीले जानकारी दिए । ‘यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटना स्थलमा खटिने प्रहरी कर्मचारीहरूले उल्लेखित पोसाक प्रयोग गर्ने छन् ।’ चौधरीले भने, ‘अनुसन्धान अधिकृत, सोको अधिकृत, सोको सहायक तथा अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीहरूको छुट्टै पहिचान र कार्य सम्पादनमा एकरूपता ल्याउने उद्देश्यले एकै प्रकारको पोषकको व्यवस्था गरेका हौँ ।’
सो पोषक सोमबारदेखि प्रयोगमा ल्याइएको छ ।

Comments

comments