काठमाडौं । रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा समाजसेवी तारा बहादुर कुँवर सम्मानित हुनुभएको छ । राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथ सरसफाई अभियानको संयोजक समेत रहनुभएका कुँवरलाई सम्मान प्रदान गर्नुभएको हो ।
वातावरण संरक्षण, मानविय परोकार र पुर्वधार विकासमा पु-याएको योग्दान उच्च प्रशंसा गर्दै सम्मान गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनमा झण्डै २ हजारलाई राहतस्वरुप चामल, दाल, आलु, तेल, नुनलगायतका सामग्री वितरण गर्नुका साथै केही दिन रक्तदान कार्यक्रमको आयोजना समेत गर्नुभएको थियो । विभिन्न ठाउँमा गएर निशुल्क स्वास्थ्य शिविर पनि चलाउनुभएका उहाँले आगलागीबाट विस्थापित भएका चितवनको माडीस्थित सिसौंखोला जंगलमा बस्दै आएका १० घर चेपाङ बस्ती निर्माणको लागि ४१ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउनुभएको थियो। साथै सहयोगसँगै उहाँले डढेलो लागेको चेपाङ बस्ती निर्माण अभियानको समेत चलाउनुभएको थियो ।
यस्तै, रिपोटर्स क्लब नेपालको कार्यक्रममा दर्जन बढी सञ्चारकर्मीलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरिएको थियो भने ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्वाचनमा जाँदा लोकतन्त्रलाई कुनै सङ्कट नपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आफूले मध्यावधि निर्वाचन घोषणा गरे पनि अदालतको फैसलाका आधारमा प्रतिनिधिसभा पुनःस्थापना भएकाले आफूले त्यसलाई मानेर अघि बढेको बताउनुभयो ।





















