काभ्रे । रोशी गाउँपालिकाको पर्यटन प्रवद्र्धनको सन्देश लिएर युुवा पर्वतारोही वसन्त तामाङ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । रोशी गाउँपालिकाि वडा नं १२ का बसन्त तामाङले यहि चैत्र २३ गते सगरमाथा आरोहणको लागि प्रस्थान गर्ने जानकारी आज विहिबार धुलिखेलमा आयोजित पत्रकार भेटघाट तथा शुभकामना कार्यक्रममा दिएका छन् ।
रेडियो रोशी र रेडियो गौरबको संयोजनमा आयोजित उक्त कार्यक्रममा संविधान सभा सदस्य तीर्थ लामाले सबै कुरा आँट र साहसबाट नै सम्भव हुने भएकोले बसन्त तामाङको सहासिक कार्यको प्रशंसा गरेका थिए । सगरमाथा आरोहणको लागि सहयोग स्वरुप रोशी गाउँपालिकाले रु एक लाख पचास हजारको चेक हस्तान्तरण गर्नुको साथै रोशीको झण्डा पनि हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा पर्वतारोही बसन्त तामाङको सफल सगरमाथा आरोहणको लागि रोशी गाउँपालिका अन्र्तगतका समाजसेवीहरुले आर्थिक सहयोग गर्नुका साथै शुभकामना व्यक्त गर्नुभएको थियो ।
आर्थिक सहयोग गर्नेमा संविधान सभा सदस्य तिर्थ लामाले रु. २५ हजार एक सय, समाजसेवीहरु गणेश लामाले २५ हजार, महेन्द्र थिङले २५ हजार, गुणराज मुक्तानले ५० हजार, चन्द्र लामा, शार्किमान लामा, देवराज मोक्तान, दिनेश लामा, विलम मुक्तान, भिम बहादुर मगराती, हिरा लामा, डि वि सुनुवार लगायतले गरेका थिए ।
पर्वतारोही तामाङले जेष्ठको ५ देखि ९ गते भित्रमा सगरमाथाको चुचुरोमा पाइला टेकेर रोशीको झण्डा फहराउने लक्ष्य रहेको बताइएको छ । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष डि वि लामाले रोशीको पर्यटन विकासमा यो आरोहणले महत्वपूण अर्थ राख्ने बताए । कार्यक्रम रेडियो गौरबको अध्यक्ष गणेश लामाको अध्यक्षता र संविधान सभा सदस्य तीर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम समापन गर्ने क्रममा स्थानीय तहले यो खालको सहासिक कार्यमा सहयोग गर्नु सह्रायिन रहेको कार्यक्रमका सभापति गणेश लामाले बतार्ए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।