बनेपा । नेपाल पत्रकार महासंघको निर्वाचनको लागि काभ्रेमा काँग्रेस निकट प्रेस यूनियन र माओवादी केन्द्र निकट प्रेस संगठन बीच गठबन्धन बनेको छ । प्रतिगमन विरुद्ध लागेका पत्रकार संगठनहरु बीच निर्वाचनमा मिलेर होम्ने भएपछि एमाले निकट प्रेस चौतारी भने एक्लै भिड्दै छ ।
निर्वाचनको लागि आज मनोनयन दर्ता भएको छ । प्रेस यूनियन र प्रेस संगठनले बद्री तिमल्सिनालाई अध्यक्षको उम्मेदवार बनाएको छ भने प्रेस चौतारीले नवराज बजगाईंलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
केन्द्र, प्रेदश र जिल्लामा प्रतिगमन विरोधी ११ वटा पत्रकार संगठनहरुबीच संयुक्त प्यानल बनाएर निर्वाचनमा होम्ने संझौता अनुसार जिल्लामा प्रेस यूनियन र प्रेस संगठनले संयुक्त प्यानल बनाएको छ ।
को, कुन पदका उम्मेदवार ?

Comments

comments