काठमाडौं । बाल सचेतना केन्द्र नेपालको आयोजनामा विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपा परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एघार सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्व र नेपाल भारत मैत्री हस्पिटल, ॐ समाज डेन्टल हस्पिटल र चाईना हस्पिटल प्रा.लिको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा बिरामीहरुलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामाले उद्घाटन गर्नुभएको शिविरको माईति नेपाकी अध्यक्ष, सिएनएन हिरो, पूर्व मन्त्री एवम् वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले समापन गर्नुभएको थियो ।

यसैगरी, दुई दिन संचालन हुने स्वास्थ्य शिविरको पुर्व सन्ध्यामा चैत्र १९ गते काठमाडौं क्षेत्र नम्बर ३ का संघिय सांसद कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम गरिएको थियो ।

 

Comments

comments