बनेपा । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्षमा बद्रीराज तिमल्सिना विजयी भएका छन् । प्रेस यूनियन र प्रेस संगठनको प्यानलबाट उम्मेदवारी दिएका तिमल्सिनाले जितेका हुन् ।

निर्वाचनमा उपाध्यक्षमा विनोद न्यौपाने, महिला उपाध्यक्षमा सुुनिता सापकोटा, सचिबमा कपिल कोईरला, सह–सचिवमा सरोज अधिकारी र जगत मान बल, सदस्यहरुमा अशोक महत, देवराज केसी, मोहनकृष्ण तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त, सुरज श्रेष्ठ विजयी भएका छन् ।
त्यसैगरि केन्द्रिय परिषद् सदस्यहरमा भुवन रायमाझी र प्रदीप केसी विजयी भएका छन् भने प्रदेश सदस्यमा नवराज सापकोटा, भरत अधिकारी, रामचन्द्र दनवार, रामहरि श्रेष्ठ र लक्ष्मण तिमल्सिना विजयी भएका छन् । प्रदेश परिषदमा राज्य लक्ष्मी श्रेष्ठ र कविता शर्मा भने निर्विरोध निर्वाचित भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















