तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २, च्युखामा रहेको श्री सर्वोद्वार माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः पदमबहादुर तामाङ मनोनित भएका छन् ।
गाउँपालिका अध्यक्षले विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्ति गर्ने तेमाल गाउँ शिक्षा ऐन अनुसार उनलाई ३ वर्षको लागि अध्यक्षले मनोनित गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सचिवमा प्रधानाध्यापक ज्ञान्जा लामा रहेका छन् भे सदस्यहरुमा डिल्लिमान तामाङ, श्याम लामा, पुनिमाया तामाङ, सावित्री आलेमगर, शान्ती माया तामाङ, प्रकश तामाङ, भिम लाल तामाङ रहेका छन् ।
त्यसैगरि शिक्षक अभिभावक संघका अध्यक्षमा बीरनन्त तामाङ निर्वाचित भएका छन् । हाल १ सय ८० जना विद्यार्थी संख्या भएको उक्त विद्यालय २०१८ सालमा स्थापना भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।