हेटौँडा । नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिमा शिव देवकोटा नेतृत्वको प्यानल विजयी भएको छ । बिहीबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार शिव देवकोटाले ५ सय ४१ मतसहित जित हासिल गर्दा हरिप्रसाद पोखरेल ४ सय २१ मतले निकटतम प्रतिद्वन्द्वी रहे भने गिरिजाप्रसाद अधिकारी २ सय ५४ मतसहित तेस्रो स्थानमा रहेको निर्वाचन समितिका सदस्य सुरेश श्रेष्ठले बताए ।
महासङ्घको प्रदेश समितिको उपाध्यक्षमा ४ सय ५५ मतसहित रुपेश दुलाल विजयी भए । उपाध्यक्षका आकाङ्क्षी हरिप्रसाद हुमागाईँले ४ सय १ मत प्राप्त गरे भने नवराज छत्कुलीले ३ सय ३४ मत प्राप्त गरे । यस्तै महिला उपाध्यक्षमा नानीमैया (सम्झना) कार्की ६ सय ९० मतसहित विजयी हुँदा अर्की आकाङ्क्षी सङ्गीता आचार्यले ४ सय ८४ मत पाइन् । महासचिव पदमा कृष्ण सारू मगर ७ सय ६९ मतसहित विजयी हुँदा अर्का आकाङ्क्षी केशव अधिकारीले ४ सय ३१ मत प्राप्त गरे । सचिवमा युवराज पुरीले ६ सय ५९ मतसहित विजयी हुँदा अर्का आकाङ्क्षी दयाराम महतले ४ सय ९० मत प्राप्त गरे ।
समावेशी सचिवतर्फ राजन विक (गाउँले) ६ सय १७ मतसहित विजयी भए । अर्का आकाङ्क्षी जीवन लामाले ५ सय ४३ मत प्राप्त गरे । कोषाध्यक्षमा रमेश ढुङ्गेल (६६२ मत) विजयी भए । अर्का आकाङ्क्षी रामचन्द्र नेपाल ५११ मत थिए । खुला सदस्यमा जीवन कुँवर ६३८ मत, सुदीप सिवाकोटी ६१९ मत, रामहरि गजुरेल ६१८ मत, सन्तोष भुजेल ५६५ मत र श्यामप्रसाद खतिवडा ५४८ मत विजयी भए । महिला सदस्यमा सम्झना हुमागाईँ ६९० मत, अञ्जु तामाङ ६७६ मत र ज्ञानु श्रेष्ठ ६२८ मत सहित विजयी भएको निर्वाचन समितिका सदस्य श्रेष्ठले जानकारी दिए ।
यसै गरी दलित सदस्यमा केशव नेपाली ९६८० मत०, आदिवासी जनजातिमा काजी श्रेष्ठ ६१८ मत र पेमा लामा ६१७ मत विजयी भए । २१ सदस्यीय प्रदेश समितिमा यसअघि मधेसी आरक्षणमा पवित्रा ढकाल –भगत) र प्रवीणकुमार दत्त निर्विरोध निर्वाचित भएका थिए भने अल्पसङ्ख्यक तर्फ निराशी थामी निर्विरोध निर्वाचित भएकी थिइन् ।

Comments

comments