धुलिखेल । चोरीको आरोप लगाएको रिसमा कुटपिट गर्दा मृत्यु भएपछि काभ्रेमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशी गाउँपालिका वडा नं. ४ घर भई जिल्ला भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं ८ सिपाडोलमा डेरा कोठा गरी बस्ने वर्ष २२ को रोशन भन्ने विजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।
गत चैत्र १२ गते तामाङले आफूलाई चोरीको आरोप लगाएको रिसको झोकमा अत्यधिक मदिरा सेवन गरेकी रामेछाप जिल्ला दोरम्बा गाउँपालिका वडा नंं ६ की पूर्णकला भन्ने पूजा दमाईलाई कुटपिट गरेको डिएसपी खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार तामाङले बसपार्कको पश्चिम पट्टी सडक पेटीमा दमाईको छाती लगायत शरीरका विभिन्न संवेदनशील अङ्गहरूमा प्रहार गरी फरार भएको पाइएको छ ।
निज अभियुक्त तामाङलाई सूर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल स्थित निजको डेरा कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















