बनेपा । शारीरिक सम्पर्क गर्ने कार्यमा विवाद हुँदा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ८, को बसर्पाकमा एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार बसपार्कमा पार्किङ गरी राखेको बा २ ख २४२७ नं. को बस भित्र ती महिलाको हत्या गरिएको अवस्थामा फेला परेको थियो ।
डिएसपी खतिवडाका अनुसार घटनाको अनुसन्धान गर्दा सडक बालबालिकाहरूको संलग्नतामा उक्त महिलाको हत्या गरिएको खुल्न आएपछि घट्नामा संलग्न ४ जना नाबालक र बालिकाहरूलाई पक्राउ गरेको छ ।
उनीहरूलाई नियन्त्रणमा लिई निजहरूलाई घटनाको सम्बन्धमा सोधपुछ गर्दा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने कार्यमा विवाद भई घटनामा आफूहरूको पहिचान खुल्ने डरले सबै जना मिली हत्या गरिएको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरूको थप अनुसन्धान कार्य भई रहेको प्रहरीले बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।