बनेपा । जिल्ला सहकारी संघ, काभ्रेको आयोजनामा लेखा सुपरिवेक्षण समितिको महत्व र आवश्यकताकोबारेमा विभिन्न सहकारीहरुलाई तालिम दिएको छ । जिल्लामा रहेका प्रारम्भिक सहकारी संस्थाहरुका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागितामा एक दिवसीय क्षमता अभिबृद्धि तालिम बनेपामा सम्पन्न गरेको हो ।
राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नवकुमार अधिकारीको सहजिकरणमा सम्पन्न भएको उक्त तालिममा जिल्लाका विभिन्न सहकारी संस्थाका ३२ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा समितिको भूमिका, जिम्मेवारी सहित काम कर्तब्य र अधिकारका बारेमा जानकारी दिइएको थियो भने सहकारीमा काम गर्दाको अनुभव, समस्या र समाधानका उपायहरुका बारेमा समेत अन्र्तक्रियात्मक रुपमा छलफल गरिएको थियो ।
पानसमा दीप प्रज्वलन गर्दैै उद्घाटन गर्दै जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले सहकारीको प्रवद्र्धन र विकास सहित संस्थामा सुशासन ल्याउनका लागि जिल्ला सहकारी संघ लि. ले यस्तै धेरै भन्दा धेरै कार्यक्रमहरुको आयोजना गर्ने उल्लेख गर्दै तालिम सफलताको सुभकामना दिएका थिए । जिल्ला सहकारी संघ लि. का लेखा सुपरिवेक्षण समितिका संयोजक शमभुलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त तालिममा संघका शिक्षा तथा तालिम व्यवस्थापन उप समितिका संयोजक तथा सचालक सदस्य ठाकुरनाथ अधिकारीले मन्तब्य राखेका थिए ।
कार्यक्रम सञ्चालन संघका सचिव निरन्जन बिष्टले गरेका थिए । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण जिल्ला सहकारी संघ लि. का अध्यक्ष शर्माले वितरण गरेका थिए । तालिमका अन्तमा सहभागिहरुले तालिम अत्यन्तै फलदायि भएको र यस्ता तालिमहरुलाई जिल्ला सहकारी संघहरुले आगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउनु पर्ने सुझाव समेत दिएका थिए । संघले आगामी बैशाखमा ऋण ब्यवस्थापन तथा लेखा व्यवस्थापन तालिम गर्ने निर्णय गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।