धुलिखेल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भुम्लु गाउँ कमिटी सङ्गठन सुदृढीकरण तथा शुद्धीकरणमा लागेको छ । पालिका भरि कमिटी पुनर्गठन र एमालेमा प्रवेश गरेका कार्यकर्ताहरूलाई कारबाही गर्न अभियान नै थालेको छ ।
यसैबिच शनिवार भुम्लु गाउँपालिका वडा नं. १, शापिङमा वडा स्तरीय भेला सम्पन्न भएको छ । भेलाले पार्टी कमिटी र विभिन्न जन वर्गीय सङ्गठनहरू समेत गठन गरेको छ ।
भेलाले कमलराज गिरीको अध्यक्षतामा २९ सदस्यीय माओवादी केन्द्रको वडा कमिटी गठन गरेको छ । उपाध्यक्षहरूमा मुरारी गिरी, दुर्गा पराजुली, दिपबहादुर केसी र नैनबहादुर बानियाँ, सचिवमा कृष्ण पराजुली, सहसचिवहरूमा प्रेमबहादुर पहरी, रमिला गिरी, कृष्ण खड्का र सदस्यहरूमा भीम बस्नेत, रमेश श्रेष्ठ, जीवन श्रेष्ठ, गीता परियार, गोविन्द बस्नेत, कल्पना गिरी, केशव नेपाली, भिमबहादुर भारती, दानकुमारी खत्री, सन्तबहादुर तामाङ, सुस्मिता तामाङ, डबल माझी, रामज्याेती पहरी, अर्जुन गिरी, सोमबहादुर पन्त, राम श्रेष्ठ, सुनिता खडका कुवर, विष्णु श्रेष्ठ र जानुका गिरी रहेका छन् ।
यसैबिच भेलाले भिमजङ बस्नेतको अध्यक्षतामा १५ सदस्य वाईसिएल, सुनिता खड्का कुवरको अध्यक्षतामा १५ जना महिला, सरोज केसीको अध्यक्षतामा विद्यार्थी सङ्गठन, नैन बहादुर बानियाँको अध्यक्षतामा किसान सङ्गठन र केशव नेपालीको अध्यक्षतामा दलित सङ्गठन गठन गरेको छ ।
भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले समृद्धि र विकासको कुरा लिएर जनता माझ आउनुपर्नेमा आ–आफ्नो पार्टीको झन्डा बोकेर आउनुपरेकोमा माफ मागे ।
‘आज हामी जनताका बिचमा गएर माफी माग्नुपर्छ भनेर आएका हौँ । समृद्धि र विकासको कुरा लिएर आउनुपर्थ्यो ।’ चौंलागाईंले भने, ‘तर आज आ–आफ्नो पार्टीको झन्डा बोकेर आएका छौँ । किनभने हामीले एमाले भित्रको सबैभन्दा दक्षिन्पन्थीसँग पार्टी एकता गर्न पुग्यौँ ।’
केपी ओली जस्तो मान्छेलाई झुकेर प्रधानमन्त्री र पार्टीको अध्यक्ष बनाएकोमा उनले पश्चात्ताप समेत गरे ।
मन्तव्य कै क्रममा केन्द्रीय सदस्य चौंलागाईंले केपी ओली नेकपा एमाले नामको पार्टीबाट अन्तिम प्रधानमन्त्री हुने ठोकुवा गरे ।
त्यसैगरी माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले अदालतको राजनीतिक फैसला अस्वाभाविक भए पनि पार्टी सुदृढीकरण गर्दै फेरि जनताको माझमा आउनुपरेको बताए । आफूहरू सधैँ जनताको कै माझ भएकोले जनताको अभिमत फेरि पनि माओवादी केन्द्रको पक्षमा रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ), जिल्ला कमिटी सदस्यहरू डिएम लामा, अनिता गुरुङ, प्रेमबहादुर भुजेल (बृहत्), सहिद परिवार विष्णु पराजुली, गोकुल पराजुली, माओवादी केन्द्रका नेताहरू लेखनाथ श्रेष्ठ, दीपक केसी लगायतका नेताहरू सहभागी थिए ।
वडा अध्यक्ष खिरबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको उक्त भेलामा कमलराज गिरीले स्वागत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।