चौंरीदेउराली । काभ्रेको चौंरीदेउराली गाउँपालिकाले आजबाट बैंक मार्फत समाजिक सुरक्षा भत्ता वितरण गर्दै छ । आर्थिक वर्ष २०७७।०७८ को दोस्रो चौमासिकको सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।
वडा नं. ६, कात्तिके देउरालीमा रहेको एनसीसी बैंक, चौंरीदेउराली शाखाबाट उक्त रकम वितरण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले जानकारी दिए । गाउँपालिकाले व्यवस्थित रुपमा वितरण गर्न समय तालिका समेत सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत लामाले बताए ।
पालिकाले समाजिक सुरक्षा भत्ता वितरणमा सहयोगको लागि सबै वडा कार्यालय र बैंकलाई अनुरोध गरेको छ ।
यस्तो छ सामाजिक सुरक्षा भत्ता वितरण समय तालिका

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















