मकवानपुर । बागमती प्रदेशसभा बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा प्रदेश सरकारले राष्ट्रिय सरोकारका विषय, प्रदेश सरकारले बिना कार्यविधि, मापदण्ड र पूर्वाधार नै नबनाई विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाइ मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा उचित जवाफ माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।
सांसदहरुले संसदमा उठेर अवरोध खडा गरेपछि प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका हुन् ।
बैठकको सुरुवातमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँ, साझा विवेकशीलका रमेश पौड्याल, राप्रपाकी रिता माझी, रीना गुरुङ र नेमकिपाका सुरेन्द्र राज गोरसाईले नव वर्ष २०७८ को शुभकामनासहित आफ्ना भनाइहरू राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।