‘विप्लब संगठित आतंकवादी र सामाजिक फाँसीवादी’ –प्रवक्ता बाँस्कोटा
काठमाडौं । ट्रान्सपरेन्सी इन्टर नेसनल नेपालले एमाले सांसद गोकुलप्रसाद बाँस्कोटालाई लेखा समितिको सदस्यमा मनोनीत गरिनु सर्वथा अनुचित भएको जनाएको छ । पूर्वमन्त्रीसमेत रहेका सांसद बाँस्कोटामाथि सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड रुपैयाँ घुस मागेको आरोपमा लेखा समितिले नै छानविन गरी अख्तियारलाई थप छानविनका लागि सिफारिस गरिएको उल्लेख गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले सोही समितिमा बाँस्कोटालाई सदस्य मनोनीत गरिएकोप्रति आपत्ति समेत जनाएको छ ।
ट्रान्सपरेन्सीले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्य सरकारको सुशासनमा शून्य सहनशीलताको नीतिविपरीत भएको ठहर गरेको छ ।
‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीको हैसियतमा बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको अडियो टेपसम्बन्धी प्रकरणको छिनोफानो भइसकेको छैन ।’ विज्ञप्तिमा भनिएको छ, ‘लेखा समितिले सेक्युरिटी खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप छानविन गरी भ्रष्टाचार मुद्दा लगाउन २०७६ फागुन ३० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल पठाएको थियो ।’
लेखा समितिले छानविन गरी मुद्दा नचलाएको विषयमा आयोगसँग जानकारी मागिरहेको अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । बाँस्कोटालाई लेखा समितिकै सदस्य बनाएपछि यो प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएकाले बाँस्कोटालाई लेखा समितिमा पठाइनु सर्वथा अनुचित भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति यस्तो छ:

Comments

comments