काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार संसदमा प्रतिनिधित्व गरेका दलहरूको छलफलमा ओलीले संसदमा लामो समयदेखि संसदमा विचाराधीन रहेको एमसिसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे।
बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसिसीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको र केही दलबाहेक अन्य दलहरु त्यसमा सकारात्मक रहेको जानकारी दिए।
उनले भने, ‘एमसिसी पास गर्नै कि नगर्ने संसदलाई अधिकार छ। तर, सभामुखले तजबिजी अधिकार प्रयोग गरेर जुन तजबिजी अधिकार उहाँसँग छैन, त्यसलाई लामो समय सम्म रोक्न मिल्दैन भन्ने कुरामा सबै दलहरूको साझा धारणा रह्यो। केही दलहरु एमसीसीप्रति आलोचक पनि हुनुहुन्थ्यो। उहाँहरुले एमसीसी प्रतिका केही आशंकाहरु प्रकट गर्नुभयो। तर, संसदले जे गर्छ बिजनेस चाही रोक्न मिल्दैन भन्ने विषयमा सबैले कुराकानी गर्नुभएको छ। यो विषयमा सभामुख र कार्यव्यवस्था छलफल गरेर टुंगोमा पुर्याउनुपर्छ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















