भक्तपुर । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा स्थापना भएको श्री बज्रशक्ति एकता समाजको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारण सभाको उद्घाटन नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिवालय सदस्य डिएम लामाले गरेका थिए ।
साधारण सभा कार्यक्रममा प्रमुख अतिथि लामाले सामाजिक अभियानमा बज्रशक्ति एकता समाजले खेलेको भुमिका अत्यन्तै राम्रो रहेको बताउँदै आगामी दिनहरुमा आफूले सक्दो सहयोग गर्ने बताए ।
त्यसैगरि कार्यक्रममा पत्रकार ग्याम्जो लामा, संस्थाका सल्लाहकार डिलबहादुर घिसिङ, तामाङ भाषा साहित्यकार अटुट दोङ तामाङ, नेपाल तामाङ कलाकार संघका केन्द्रिय सदस्य, संगीतकार तथा गायक कुमार लामा लगायतका संस्था तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सामाजिक क्षेत्रमा समर्पित यस संस्थाले रक्तदान, विभिन्न असहय र समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।
संस्थाका अध्यक्ष बीरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गायक तथा संगीतकार सञ्जीव स्याङतानलगे गरेका थिए भने उपस्थित भएका सबैलाई उर्गेन लामाले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाको समग्र गतिविधिको बारेमा पासाङ दोर्जे थोकरले राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















