धुलिखेल । काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबाट सम्मानित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमति प्रदेशको शनिबार सम्पन्न दोस्रो र तेस्रो प्रदेश परिषदको अवसरमा अध्यक्ष जिम्बा सम्मानित भएका हुन् ।
जिम्बालाई स्थानीय सरकारबाट साविक उच्च मावि देखि बालविकाससम्मका अस्थायी तथा करार शिक्षक, कर्मचारीहरूको मर्म र भावना अनुसार अस्थायी प्रकृतिका शिक्षकहरूको पेशागत वृत्ति विकासमा उदाहरणीय कार्यको थालनी गरेकोले सम्मान गरेको संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश कमिटी इन्चार्ज दुर्गासिं लामाले जानकारी दिए ।
जिम्बाले महाभारत गाउँपालिकाको अस्थायी तथा करार शिक्षक, कर्मचारीहरूको मर्म र भावनालाई गाउँपालिकाको शिक्षा ऐन २०७७ मा नीतिगत व्यवस्था गरेको अध्यक्ष लामाले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।