काभ्रे । रोशी गाउँपालिकाको पर्यटन प्रवद्र्धनको सन्देश लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न हिँडेका युुवा पर्वतारोही वसन्त तामाङले लोबुचेमा रोशीको झण्डा फहराएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेका उनले ६११९ मिटर अग्लो हिमाल लोबुचेमा पुगेर रोशी गाउँपालिकाको झण्डा फहराएका हुन् ।
रोशी गाउँपालिका वडा नं.१२ का यूवा पर्वतारोही बसन्त तामाङलाई गत चैत्र १९ गते रोशी गाउँपालिकाका अध्यक्ष डि.बि लामाले रोशीको झण्डा हस्ताणन्तरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















