रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–६ लखनपुरस्थित ढुकुरे पिपलबोटमा एक बालिकालाई जबरजस्ती करणी गरेर भागेका १९ बर्षिय सन्तोष ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । चैत २८ गते बालिकालाई जबरजस्ती करणी गरेर भागेका ढुंगेललाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
चैत २८ गते गोरु चराएर घरतर्फ आउदै गरेकी ती बालिकालाई एकान्त ठाउँमा पारेर बाटो मुनि बारीको पाटोको भित्तामा लगेर जबरजस्ती गरेको कुरा बालिकाले परिवारलाई भनेपछि परिवारले प्रहरी समक्ष उजुरी दिएको थियो । उजुरी परेपछि फरार रहेका ढुंगेललाई जिल्ला प्रहरी रामेछापले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले बलात्कारको आरोपमा पक्राउ परेका ढुंगेलमाथि सात दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको बताए । उनका अनुसार पक्राउ परेका ढुंगेलले आफूले बालिकामाथि जबरजस्ती करणी गरेको स्वीकार गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















