धुलिखेल । देशैभरि कोरोना भाइरस संक्रमितको संख्या बढ्दे क्रममा काभ्रे जिल्लमा पनि बढ्ने क्रम जारी छ । आज मात्र संक्रमित संख्या २३ जना थपिएका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका जिल्लामा सक्रिय संक्रमितको संख्या १४३ पुगेको छ ।
डा. झाका अनुसार आज थपिएकाहरु संक्रमितहरुमा बनेपा नगरपालिकाका ६ जना महिला र ५ जना, धुलिखेल नगरपालिकामा ४ जना महिला र ३ पुरुष, पनौती नगरपालिकाका २ जना पुरुष र १ जना महिला, पाँचखाल नगरपालिकामा महिला र पुरुष १।१ जना रहेका छन् ।
संक्रमित मध्ये ५ जना निको भएका छन् भने १४६ जना संक्रमित होम आइसोलेसन र ५ जना अस्तपतालको आइसोलेसनमा रहेका छन् । डा. झाका अनुसार काभ्रेमा हालसम्म कोरोना भाइर विरुद्धको २९ हजार १५७ जना खोप लगाएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।