चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका भरि नेकपा (माओवादी केन्द्र)ले भेला कार्यक्रमलाई तीव्र बनाएको छ । वैशाख समन्तसम्ममा जिल्ला भरिका सबै वडाहरूमा सम्मेलन आयोजक कमिटी गरिसक्ने योजनाका साथ माओवादी केन्द्र लागेका छन् ।
यसैबिच चौंरीदेउराली गाउँपालिकाका विभिन्न वडाहरूमा पार्टी र जन वर्गीय सङ्गठनहरूको वडा सम्मेलन आयोजक समिति गठन गरेको छ । सो क्रममा वडा नं. २, नाग्रे गगर्चेमा ६५ सदस्यीय वडा सम्मेलन आयोजक समिति गठन गरेको छ । १५ वटा जन वर्गीय सङ्गठनहरू समेत गठन गरेको छ ।

वडा नं. ५ मा कृष्णप्रसाद गौतम (केदार)को संयोजकत्वमा २ सय ५ जनाको पार्टी सम्मेलन आयोजक समिति गठन गरेको छ । १ नं. वडामा प्रवीण लामाको संयोजकत्वमा २९ सदस्यीय वडा सम्मेलन आयोजक समिति गठन गरेको छ ।
वडा नं. ७ मा चम्पा सिं लामाको संयोजकत्वमा ६५ सदस्यीय वडा सम्मेलन आयोजक समिति, ४ नं. वडा धुसिनेमा प्रदीप गौतमको संयोजकत्वमा ६५ सदस्यीय र वडा नं. ८ मा काली प्रसाद पाण्डेको संयोजकत्वमा ३९ सदस्यीय वडा समिति गठन गरेको छ ।
सयौँ जना माओवादी केन्द्रमा प्रवेश
सोही क्रममा नेकपा एमालेका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा नं. १ नाग्रे गगर्चेमा एमाले जिल्ला सदस्य पदमबहादुर श्रेष्ठ (प्रकाश), युवा सङ्घका गाउँ कमिटी अध्यक्ष मन्खुकुमारी श्रेष्ठ सहित ३० जना प्रवेश गरेका छन् ।

यस अघि ५ नं. वडामा नेपाली काँग्रेस र एमाले परित्याग गरी ७७ जना प्रवेश गरेका थिए । विभिन्न वडाहरूमा पनि सयौँको सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका सचिवालय सदस्य दिननाथ गौतम, जिल्ला सचिवालय सदस्यहरू विष्णुप्रसाद गौतम, तेजबहादुर पन्त, जिल्ला सदस्यहरू ताराकुमारी चौंलागाईं, गजवीर लामा, युवा नेता तथा नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका इन्चार्ज अन्जीत गौतम लगायतका नेताहरू सहभागी रहेका थिए ।

Comments

comments