धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ९, काभ्रेभञ्ज्याङबाट संरक्षित जिउँदो उल्लु चरो सहित एक जना पक्राउ परेको छ । सोमबार बि.पि. राजमार्ग सडक खण्डमा विभिन्न सवारी साधन तथा हिँडडुल गर्ने शङ्कास्पद मानिसहरूको चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार भकुन्डेतर्फबाट धुलिखेलतर्फ शङ्कास्पद रूपमा हिँड्दै आई रहेका जिल्ला रामेछाप, रामेछाप नगरपालिका वडा नं. ०२ भिरकोट बस्ने राम कुमार श्रेष्ठको छोरा वर्ष ३४ को केशर श्रेष्ठलाई पक्राउ गरेको छ ।
उनले उक्त चरो लुकाई छिपाई ल्याएको फेला परेको हुँदा तत्काल नियन्त्रणमा लिइ कानुन बमोजिम पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेलमा पठाईएको जानकारी दिए ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला