तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति नगराउन सबै विद्यालयलाई निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले आज एक सूचना प्रकाशन गरि भोली बैशाख १६ गतेदेखि एक हप्ताको लागि उक्त निर्देशन दिएका हुन् ।
कुईंकलले विद्यालयहरुलाई ६ बुँदे निर्देशन जारी गर्दै कोभिड- १९ (कोरोना भाइरस) को बढ्दो संक्रमणका कारण बालबालिकाहरुलाई सुरक्षित राख्न नेपाल सरकार कोभिड-१९ संकट ब्यबस्थापन सन्चालन केन्द्र छाउनी, काठमाडौंको मिति २०७८/०१/१२ को सूचना एवं तेमाल गाउँपालिकाको मिति २०७८/०१/१५ को निणर्यानुसार सूचना जारी गरिएको जनाएको छ ।
यस्तो छ ६ बुँदे निर्देशनः
क) मिति २०७८/०१/१६ देखि ७ दिन सम्म विद्यालयमा विद्यार्थीको भौतिक उपस्थिति नगराउने ।
ख) विद्यालय प्रशासन दैनिक रुपमा सुचारु गर्ने ।
ग) स्वास्थ्य सम्बन्धि मापदण्ड पूणर् रुपमा अपनाई विभिन्न बैकल्पिक माध्यमबाट विद्यार्थीहरुको बार्षिक – परिक्षाको तयारी गराउने ।
घ) स्वास्थ्य सम्बन्धि मापदण्ड पूणर् रुपमा अपनाई सबै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु अनिवार्य विद्यालयमा उपस्थित भइ हाजिरी पुस्तिकामा हाजिर गरी बैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई सिकाई सहजीकरण गर्ने ।
ङ) गाउँपालिकाको निर्देशन अटेर गरी तेमाल भन्दा बाहिर गई कोभिड पोजेटिभ लगाएत अन्य रोग लागेमा सो को सम्पूणर् जिम्मेवार स्वयम शिक्षक नै हुनु पर्ने छ ।
च) गाउँपालिकावाट दिईएका निर्देशनहरुको पालना गरेको नदेखिएमा त्यस्ता विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता रोक्का गर्ने समेत निणर्य भएकोले सो बमोजिम गर्नु गराउनु हुन ।

Comments