धुलिखेल । कोभिड-१९ संक्रमण रोकथाम र न्यूनिकरणका लागि सरकारले तोकिएको निशेधित क्षेत्रमा जानका लागि जिल्ला प्रशासन कार्यालय, काभ्रेबाट सवारी अनुमति (पास) जारी नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज एक सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ, ‘लामो समयदेखि विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (COCID-19) का कारण संक्रमण तिव्र रुपमा फैलिरहेकोले सो रोगको संक्रमण रोकथाम र न्यूनिकरणका लागि देशका विभिन्न जिल्लाहरुमा निषेध आदेश जारी भएको हुँदा निषेध आदेश जारी अवधिभर जिल्ला प्रशासन कार्यालयहरुबाट उपत्यका लगायत निषेध आदेश जारी भएका जिल्लाहरुमा गन्तव्य हुने गरी कुनै पनि सार्वजनिक यात्रुबाहक र अन्य सवारी साधनहरुलाई सवारी अनुमति उपलब्ध नगराउनु हुन भनी गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को च.नं. ३११६ मिति २०७८।०१।१५ को पत्रबाट लेखी आएको हुँदा यस कार्यालयबाट कुनै पनि किसिमका सवारी अनुमति (पास) जारी नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।