कायस्थले यस अघि पनि स्वर्गीय बुबाको पुण्य तिथिको अवसरमा बनेपाको धनेश्वरमा अवस्थित धनेश्वर महादेव आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोषक वितरण गरेकी थिइन् ।
बनेपा । काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ७ की अनिला कायस्थले आफ्ना स्वर्गीय आमा चन्द्रदेवी कायस्थको तेस्रो वार्षिक पुण्य तिथिको अवसरमा मन्दिर निर्माणको लागि आर्थिक सहयोग गरेकी छिन् । कायस्थले स्वर्गीय आमाको पुण्य तिथिमा निर्माणाधीन मुक्तिनाथ मन्दिरलाई पचास हजार सहयोग गरेकी हुन् ।
आमाको सम्झनामा सामाजिक कार्यमा लागेको बताउँदै कायस्थले आफ्नो आमाले देखाएको सामाजिक बाटोमा आफू हिँडेको बत्ताइन् । जन्मदिने आमा भगवान् सरह भएकोले आमालाई कहिल्यै पनि बिर्सन नसक्ने भएकोले आमाको सम्झना स्वरूप निर्माणाधीन मन्दिरलाई आफूले सहयोग गरेको बत्ताइन् । कायस्थकी आमा चन्द्रदेवी कायस्थ तीन वर्ष अघि स्वर्गारोहण भएकी थिइन् ।
कायस्थले यस अघि पनि स्वर्गीय बुबाको पुण्य तिथिको अवसरमा बनेपाको धनेश्वरमा अवस्थित धनेश्वर महादेव आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोषक वितरण गरेकी थिइन् ।
यसैबिच मन्दिर निर्माणका लागि साँढे एक करोड भन्दा बढी खर्च भइसकेको र अझै सहयोगको आवश्यकता रहेको मन्दिर निर्माण व्यवस्थापन समितिका सदस्य राजेन्द्र थापाले जानकारी दिए । मन्दिर निर्माणका लागि पनौती नगरपालिकाले २५ लाख र बागमती प्रदेश सरकारले २५ लाख सहयोग प्राप्त भएको थापाको भनाई छ । मन्दिर निर्माणको लागि लगाइएको सप्ताहबाट ५७ लाख दक्षिणा सङ्कलन भएको उनको भनाई छ । अन्य रकम यसरी नै दाताहरूको सहयोगले निर्माण भइरहेको थापाले बताए । मन्दिर निर्माणको लागि सहयोग गरेकोमा कायस्थलाई थापाले धन्यवाद प्रकट गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















